स्वास्थ तथा सरसफाइ

सुदूरपश्चिममा एक वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : सुदूरपश्चिममा एक वर्षमा ६४ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्क अनुसार एक वर्षमा सुदूरपश्चिमका ६४ एचआइभी सङ्क्रमितको मृत्यु भएको हो।

प्रदेशमा एचआइभीबाट मृत्यु हुनेको सङ्ख्या महिलाको धेरै छ। सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९/०८० मा २४ पुरुष र ४३ महिलाको एचआइभीका कारण मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच हजार एक सय ९० जना एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ। तर, प्रदेशमा चार हजार सात सय १७ जना एचआइभी सङ्क्रमितहरू मात्र पत्ता लागेका छन्। बाँकीको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा समूदायले काम गर्दै आएका छन्।

बिज्ञापन

सुदूरपश्चिममा तीन हजार ६ सय २३ जना एचआइभी सङ्क्रमितले अहिले औषधिको प्रयोग गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा मात्र दुई सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन्। प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा एक सय तीन महिला, एक सय ४७ पुरुष र दुई जना यौनिक अप्लसङ्खेकमा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।