अर्थ

आजियाटा बाहिरिएसँगै एनसेलमा भित्रियो स्पेक्ट्रलाइट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्ने सम्झौता भएको छ। आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो।

यसअगाडि नै एनसेलको २० प्रतिशत सेयर रहेको स्पेक्ट्रलाइटले शुक्रबार बांकी ८० प्रतिशत सेयर किन्ने सम्झौता गरेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब एनसेलको शतप्रतिशत सेयर नै स्पेक्ट्रलाइटको रहने छ।

बिज्ञापन

‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्‍पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनीले सेयर बिक्रीमा राखेको थियो।

आजियाटाले सन् २०१६ मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।