राजनीति

दुल्लु पुगेर ओलीले गरे पेट्रोलियम उत्खनन् क्षेत्रको अवलोकन

बिज्ञापन

काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलिएम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् ।

बिज्ञापन

एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन्।

अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् । अवलोनका क्रममा उनले त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन्।

अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन्। एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ।

जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

बिज्ञापन