Sudur Pradesh News

पानसराले बाटोमै जन्माइन् तीन बच्चा

बिज्ञापन

मार्तडी, मङ्सिर २० गते । बाजुरामा एक महिलाले बाटोमै बच्चा  जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माउनुभएको हो । 

बिज्ञापन

योभन्दा पहिला पनि उहाँले दुई सन्तानलाई बाटोमै जन्म दिनुभएको थियो । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उहाँले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताउनुभयो । 

चँदाराका अनुसार उहाँले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताउनुभयो । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ । 

बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ । 

बिज्ञापन