राष्ट्रिय समाचार

भारतमा ११ नेपाली लुटिए, गड्डाचौकी पुगेपछि बाटो खर्च

बिज्ञापन

धनगढीः भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार गत कात्तिकमा लुटिए। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन्। 

बिज्ञापन

उनको कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको एक लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको हो। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर उनलाई लुटेका थिए। हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्‍याएका थिए। गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो। 

गत कात्तिकमै भारतबाट घर फर्किरहेका थप दुई जना नेपाली कामदार पनि बाटोमै लुटिएका हुन्। भारतको हरिद्वारमै लुटिएका उनीहरू पनि अलपत्र अवस्थामा गड्डाचौकी पुगेका थिए। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्। सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो।

बिज्ञापन