राजनीति

कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरले बहिष्कार गरे, निधि दर्शकदीर्घामै बसे

बिज्ञापन

जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ ।

बिज्ञापन

जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ ।

प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।

आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए । तर उनी उद्घोषकको कुरा नसुने जस्तै दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरु सहभागी छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिएका छन् । उद्घाटन सत्रमा आठै जिल्लाबाट अगुवा नेता र कार्यकर्ताहरु पनि आएका छन् ।

बिज्ञापन