अवर्गीकृत

कंगोको शान्ति सेना बन्द गर्ने सुरक्षा परिषद्को निर्णय, हजार बढी नेपाली सेना फिर्ता हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । डमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको १५ सदस्य संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ ।

बिज्ञापन

बुधवारबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुन लागेको बेला एक दिन अगाडि यस्तो निर्णय भएको हो ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समय देखी शान्ति सेना फिर्ता गर्न माग गरेको थियो । त्यसैको प्रतिक्रियामा सुरक्षा परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कंगोमा सक्रिय सशस्त्र समूहलाई नियन्त्रण गर्न शान्ति सेना असमर्थ भएको भन्दै कंगो प्रशासनले लामो समय देखी आलोचना गर्दै आएको थियो । यही वर्षको अन्तिमसम्ममा कंगोमा भएका १४ हजार विदेशी शान्ति सेना फिर्ता हुने भएका हुन् ।

नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिकहरू खटिइएको नेपाली सेनाको तथ्यांक छ ।

कंगोमा शान्ति सैनिक मिसन बन्द भएसँगै नेपाली सैनिकहरू झिटिगुण्टा बोकेर नेपाल फर्कने पक्कापक्की भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।