Climate

भारतमा अत्याधिक चिसोसँगै वायु प्रदुषण बढ्यो

बिज्ञापन

भारतको उत्तरी भू–भागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासी कमी देखिएको छ ।

बिज्ञापन

भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
नयाँदिल्लीमा चिसो बढ्दा, न्यानोको लागि आगो बाल्ने र ताप्ने गरेका दृष्यहरू देखिएका छन् ।

चीसोका कारण विभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिँडिरहेको देखिएको छ ।

साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आइ चिसो अत्याधिक बढेको बताएका छन् ।

दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिबार बिहान ८.०७ बजे वायुको गुणस्तर ‘निकै खराब’रेकर्ड गरिएको थियो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो ।

बिज्ञापन