खेलकुद

सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा क्रिसमस दिवसको उपलक्ष्यमा खेलकुदको आयोजना

बिज्ञापन

टीकापुर, ९ पुष । सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा क्रिसमस दिवसको उपलक्ष्यमा खेलकुदको आयोजना गरेको छ ।

बिज्ञापन

सन्त निरंकारी सत्संग भवन टीकापुरका बाल सेवादल तथा सडकपुर बौनियाँका बाल सेवादलहरु बीच विभिन्न खेलको आयोजना गरिएको थियो जसमा स्पोन रेस (चम्चा दौड), सूयो–धागो रेस (निडील रेस), दश वर्ष र तेरह्र वर्ष मुनिका बच्चाहरुको लागि फुटबलको आयोजना गरिएको थियो ।

स्पोन रेस (चम्चा दौड) प्रतियोगितामा साना बालिकाहरुलाई सहभागि गराईको थियो जसमा श्रीखंला बि.क., निश्चल पुलामी मगर, ममता श्रेष्ठ, योशीनी साउँद, श्रृष्टी बि.क., अभिजेना भण्डारी, सिखा मगर, अनुष्का भण्डारी रहेका थिए भने प्रथम योशीनी साउँद, अभिजेना भण्डारी द्वितिय र ममता श्रेष्ठ तिर्तिय भएका थिए ।

त्यस्तै साना बालिकाहरु बीच भएको सूयो–धागो दौडमा बन्टी साउँद, सिमरन बि.क., अलिजा शाह, सिमरन बि.क., सुष्मिता कडायत, सेजल बि.क., रेजिना भण्डारी, पूर्णिमा ठकुल्ला र रोशनी लुहारले भाग लिएका थिए जसमा प्रथम सेजल बि.क. तथा पूर्णिमा ठकुल्ला, द्वितिय सिमरन बि.क. र तिर्तिय वन्टिका साउँद भएका थिए ।

दश वर्ष मुनि भएको फूटबलमा सिमरन रावल, सुजल साउँद, सन्तोष रावल, चेतन साउँद, आरभ रावल, हिमाल भण्डारी, अविनाश बि.क. र सुभम सुनारको समूह एकातिर थियो जसलाई ‘क’ समूह राखिएको थियो भने अर्को समूहमा सार्थक भूल, ग्रिस खड्याल, आरभ रावल, शिशिर ठकुल्ला, समिर रावल, सुशिल भण्डारी, अडिवा सुनार र प्रितम भूल रहेको ‘ख’ समूह बीच कडा प्रतिस्पर्धा भएको थियो जसमा ‘ख’ समूह विजय भएको थियो ।

१३ वर्ष मुनिका केटाहरु बीच भएको फूटबल खेलमा टीकापुरका बाल सत्संग सेवादल तथा सडकपुर बौनियाँका बाल सेवादल बीच निकै आकर्षक खेल भएको थियो । जम्मा ४५ मिनेट दिएर खेलाइएको उक्त प्रतियोगितामा सडकपुर बौनियाँले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेताको ट्राफिक आफ्नो हात पार्न सफल भएको थियो ।

सेवादल प्रार्थनाबाट आरम्भ गरिएको उक्त खेलकूद प्रतियोगिता सन्त निरंकारी मिशनले कुनै हार–जीतको प्रतियोगिता नभएर आपसी श्रद्धा, प्रेम, भाइचाराको सन्देशलाई आपसमा बाँडेर विश्वमा अमन, शान्ति र एकताको सन्देश आउने पिढीले दिन सकुन भनेर यस्तो प्रतियोगिताको आयोजना गरेको आजका खेलकूद प्रतियोगिताका संयोजक तथा सेवादल जवान प्रकाशमा ठकुल्लाले मालिका समाचारलाई बताउनु भयो । त्यस्तै बालबालिकाहरु भनेको काँचो माटो हुन उनीहरुलाई जता लगायो त्यतै लाग्ने भएकोले समयमा यदि हामीले ध्यान पु¥याउन सकेनौ भने उनीहरु युवा भएपछि कुलत कार्यमा फस्ने डर भएकोले सन्त निरंकारी मिशनले सानैदेखि बच्चाहरुलाई एक नेक मानव बनाउनको लागि बाल सत्संको आयोजना गरेर उनीहरुलाई आध्यात्मिक शिक्षा दिदै आएको सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीले बताउनु भयो ।

विजेता खेलाडीहरुलाई उपस्थित अतिथिहरुद्वारा पुस्कार वितरण गरिएको थियो भने सान्टा क्लाउसको रुपमा आउनु भएका टीकापुरका मुखी महादेव भण्डारीले उपस्थित सबै बालबालिकाहरुलाई चकलेट दिएर बच्चाहरुको मुख मिठो गर्नु भएको थियो भने सन्त निरंकारी मण्डल नेपालका सल्लाहकार तथा सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरका अध्यक्ष श्रीराम काफ्ललेले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक आध्यात्मिक विचारधारा भएकोले यसले सबै धर्मलाई सम्मान गर्ने भएकोले आज ‘हेप्पी म्यारि क्रिसमस डे’ को उपलक्ष्यमा खेलकूद प्रतियोगिताको आयोजना गरेर मनाएको बताउनु भयो ।

कार्यक्रमलाई सहयोग गर्न स्थानीय सन्तहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए भने कार्यक्रमलाई सफल पार्न सेवादल जवान प्रकाशमान ठकुल्ला, मुखी महादेव भण्डारी, मिडीया सहायक दीपक रावल लगाएत स्थानीय सन्तहरुको ठुलो सहयोग रहेको छ । कार्यक्रमको संचालन प्रकाशमान ठकुल्ला र आयुषमान ठकुल्लाले रहेका थिए ।

बिज्ञापन