Climate

मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

बिज्ञापन

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज (सोमबार) देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने, कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सु–कुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बिज्ञापन