राजनीति

क्यानडा र सिंगापुर पठाइदिने भन्दै १० करोड ठग्ने लामा पक्राउ

बिज्ञापन

धनगढी– आगामी ११ माघमा हुने राष्ट्रिय सभाको १९ वटा सिट मध्य रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले एक सिट पाउने सत्ता गठबन्धनमा सहमतिको खुलासा भएको छ।

बिज्ञापन

चौधरीले धनगढीमा पत्रकार सम्मेलनका क्रममा उक्त खुलासा गरेका हुन्। त्यो सहमतिलाई अनुमोदन गर्न २१ पुसमा बस्ने गठबन्धनको बैठकले लिखित निर्णय गर्ने चौधरीको भनाई छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत सहभागी छन्।

२६, २७ र २८ पुसमा महाधिवेशन गर्न लागेको नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनका क्रममा चौधरीले भने,‘गठबन्धनमा भएको सहमतिका आधारमा नै निर्णय हुनेछ।’

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी भएको छ। सो क्रममा गठबन्धनसहितका दलका शीर्ष नेतालाई पनि निम्तो दिइएको छ।

महाधिवेशनमा भारतीय जनता पार्टीका प्रतिनिधि समेत सहभागी हुने चौधरीले जानकारी दिए। ५२ जिल्लाका ८ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको दाबी छ।

बिज्ञापन