अवर्गीकृतआस्था /आध्यात्म

कपिलवस्तुको मिधुनियाँमा भव्य सत्संग समाप्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, १८ पुष । कपिलवस्तुको मिधुनियाँमा भव्य सत्संग समाप्त भएको छ ।

गत १२ पुषमा कपिलवस्तुको विजयनगर वडा नं. ४ मा रहेको मिधुनियाँमा छिमेकी राष्ट्र भारतबाट आउनु भएका सन्त निरंकारी मण्डल आयोध्याका संयोजक डा. रजित तिवारीले सहभागी सन्तहरुलाई सम्बोधन गर्दै भन्नुभयो कि सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक आध्यात्मिक विचार धारा हो । यसले कुनै धर्मलाई बढावा नदिएर सबै धर्मको समान व्यवहार गर्दछ । सन्त निरंकारी मिशनमा सबै जातजाति, धर्म, सम्प्रदाय, रहन–सहन, संस्कृति, भेशभूषा, सानो–ठुलो, धनि–गरीब आदि सबै समुदायका मान्छेहरु अटाउने एउटा विशाल मिशन भएको बताउनु भयो ।

बिज्ञापन

उहाँले हामी सबै निराकार परमात्माका अंश हौं । यसलाई जानेर यसैमा समर्पित भएको खण्डमा हामीले मानव चोला पाएको सार्थक हुन जान्छ । तर परमात्मालाई जान्नु त्यति सजिलो छैन जबसम्म हामीलाई सत्गुरुको साथ प्राप्त हुँदैन । जब हामीलाई सत्गुरुको साथ प्राप्त हुन्छ तब यो निराकार–साकार परमात्माको साक्षात्कार दर्शन गर्न सक्छौ । जब हामीलाई साक्षात्कार निराकारको दर्शन हुन्छ तब हामी यस माथि विश्वास गरेर सबै मानव प्राणी यसैका सन्तान हुन भन्ने ज्ञात हामीलाई हुन जान्छ । तसर्थ, परमात्मालाई पाउनको लागि यस सत्गुरुको श्रीचरणमा जानु आवश्यक छ, उहाँले प्रष्ट पार्नु भयो ।

उहाँले अगाडि भन्नुभयो कि सत्गुरुबाट ब्रम्हज्ञानको दात जब हाम्रो झोलीमा आउँछ तब हामीलाई थाह हुन्छ कि तन, मन, धन सबै परमात्माको नै हो । यसलाई परमात्माको सम्झेर कुनै प्रकारको अभिमान नगरेर प्रयोग गर्नु पर्छ । यदि यसमाथि मेरो भन्ने अभिमान आउन जान्छ भनेर यो ज्ञान लिएको कुनै फाईदा हुदैन भन्दै उहाँले ब्रम्हज्ञानको महत्वलाई निकै सरल र सटिक तरीकाबाट सम्झाउनु भएको थियो ।

सत्संगमा स्थानीय र छिमेकी राष्ट भारतबाट आएका करिब १५०० सन्त–भक्तहरुको सहभागिता रहेको बालापुरका सत्संग ब्यावस्थापक सन्त बुन्देश्वर चौहाले बताउनु भयो । सत्संगमा सहभागीहरुले अनेकौं भजन वा प्रवचनको माध्यबाट यस सत्गुरुको महिमामाथि प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्याक्ष्य कृष्णकन्यैहा पाठकले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।