राजनीति

भागबन्डामा असन्तुष्ट माधव नेपालले बोलाए पार्टीको बैठक

बिज्ञापन

काठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बिज्ञापन

राष्ट्रियसभाको १९ सीटमा कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सीट दिने सहमति बनेको कांग्रेस नेता रमेश लेखकले दाबी गरेका छन् । तर, उपाध्यक्ष राजेन्द्र पाण्डेले त्यो गठबन्धनले भाग लगाइदिएको भएपनि आफूहरूको सहमति नरहेको बताए ।

बिज्ञापन