राजनीति

गगन थापाले भने- सरकारको गलत निर्णयको भारी पार्टीले बोक्दैन, अध्यादेश तत्काल फिर्ता होस्

बिज्ञापन

काठमाडौं । रेशम चौधरीलाई जुलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयमा कांग्रेस महामन्त्री गगन थापाले कडा आपत्ति जनाएका छन् ।

बिज्ञापन

यस्तो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको प्रष्ट पारेका छन् ।

‘विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन ।’

गगनले अहिलेको सरकार कामचलाउ भएकाले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने बताएका छन् । उनी थप्छन्, ‘अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।’ अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने पनि थापाले स्पष्ट पारेका छन् ।

यदि यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखेको खण्डमा नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाढि बढाउन सक्ने उनको भनाइ छ । अदालत र संसदको क्षेत्राधिकारमाथि कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन उनले माग गरेका छन् ।

बिज्ञापन