राष्ट्रिय समाचार

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थपियो

बिज्ञापन

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकले तीन महिनाका लागि समय पाएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको हो ।

बिज्ञापन

असोज १४ मा मन्त्रिपरिषद बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । ३ महिना समय पाएको आयोगले जाँचबुझ नसकिएको भन्दै म्याद थपको प्रस्ताव पठाएपछि मन्त्रिपरिषदबाट समय थप भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए ।

आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ । म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुझेको तर, मुद्दा नचलाएका दुई जनासँग आयोगले बयान लिएको छ ।

भन्सार विभागमा कार्यरत उपसचिव मुक्ति श्रेष्ठ र विमानस्थल भन्सार कार्यालयमा कार्यरत अर्का उपसचिव श्रीधर टण्डनसँग आयोगका अधिकारीहरूले बयान लिएका हुन् ।

बिज्ञापन