राष्ट्रिय समाचार

एसईई खारेज नगर्न बोर्डको प्रस्ताव

बिज्ञापन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार संघीय संसदअन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा छलफल गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

बिज्ञापन

उनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न र खारेज नगर्न प्रस्ताव गरेका हुन् । ‘छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान छ । नेपालमा चाहीँ हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । सईई प्रादेशिक रूपमा सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

‘कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ,’ शर्माले भने । १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने उनको धारणा थियो ।

बिज्ञापन