खेलकुद

यू-१९ विश्वकपअघि स्कटल्याण्डसँग नेपालको परीक्षा

बिज्ञापन

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज पहिलो औपचारिक वार्मअप अफ खेलमा स्कटल्यान्डको सामना गर्दै छ । उक्त दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा सुरु हुनेछ ।

बिज्ञापन

नेपालले यसअघि स्कटल्यान्डसँग भएको अनौपचारिक खेलमा १ सय ३५ रनले पराजित गरेको थियो । दोस्रो अनौपचारिक वार्मअप खेलमा नेपालले नामिबियालाई ६ रनले पराजित गरेको थियो । त्यस कारण पनि नेपालले यस खेललाई सहजै लिनेछ ।

पछिल्ला २ खेलले नेपाली खेलाडीको मनोबल उच्च छ । पछिल्लो दुई खेलमा गुल्सन झाले एक शतक र दीपक बोहराले एक अर्धसतक प्रहार गरे । बलिङतर्फ आकाश चन्दले ५, गुल्सन झा र तिलकराज भण्डारीले ३(३ विकेट लिएका छन् ।

नेपालले दोस्रो वार्मअप अफ खेलमा वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ । पछिल्लो पटक २०१६ मा नेपाल सहभागी विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । वेस्ट इन्डिज बलियो टोली पनि हो । यस खेललाई नेपालले सिकाइको रूपमा पनि लिनेछ ।

वार्मअप खेललाई नेपालले खेलाडी परीक्षण गर्नेछन् । स्कटल्यान्डविरुद्ध नेपालका गुल्सन झाले शतक प्रहार गरेका थिए । नेपालले सकेसम्म सबै खेलाडीलाई प्रयोग गरी विश्वकपका लागि खेलाडीको आत्मबल बढाउने योजनामा छ ।

विश्वकप अघि यी दुई खेलले नेपालको प्रदर्शनको पनि परीक्षण गर्नेछ । विश्वकपमा बलिया राष्ट्रको सामना गर्दै गर्दा नेपाललाई यी खेलबाट धेरै सिकाई मिल्नेछ। नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्दै छ भने स्कटल्यान्ड र वेस्ट इन्डिज भने अघिल्लो विश्वकप खेलेका थिए । दुवै टोली समूह चरणबाट बाहिरिएका थिए । वेस्ट इन्डिज एक जित र स्कटल्यान्ड जितविहीन रहँदै विश्वकपबाट बाहिरिएका थिए ।

नेपाल यू(१९ विश्वकप आठौँ पटक खेल्दै छ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । नेपालले पछिल्लो पटक २०१६ मा भएको यू-१९ विश्वकप खेलको थियो । नेपालले उक्त विश्वकपमा न्यूजिल्याण्ड ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेका थियो । समूह उपविजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । सोही विश्वकप वेस्ट इन्डिजले जितेको थियो ।

विश्वकपमा नेपाल कठिन समूहमा छन् । नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् । आइसिसी ओडिआई वरियतामा नेपाल १५औँ, पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाचौं र अफगानिस्तान नवौँ स्थानमा छन् । नेपालसँग वार्मअप अफ खेल्न लागेका स्कटल्यान्ड १२औँ र वेस्ट इन्डिज १०औँ स्थानमा छन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ (माघ ७) मा न्यूजिल्याण्ड, जनवरी २४ (माघ १०) मा पाकिस्तान र जनवरी २६ (माघ १२) पाकिस्तानको सामना गर्नेछ।अघिल्लो विश्वकपमा पाकिस्तान क्वाटर फाइनल र अफगानिस्तान सेमिफाइनलबाट बाहिरिँदा नेपाल र न्यूजिल्याण्ड सहभागी थिएनन् ।

शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटक देखि प्रत्येक समूहबाट ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यस कारण सुपर सिक्समा पुग्न समूह चरणमा एक खेलमा जित निकालेमा पनि सम्भावना बलियो हुनेछ । नेपाल कम्तीमा एक जितको खोजीमा हुनेछ ।

बिज्ञापन