राजनीति

नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा रञ्जिता श्रेष्ठ मनोनित

बिज्ञापन

टीकापुर– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो बैठकले विधान संशोधन गर्दै संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

टीकापुरमा हिजो सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नव निर्वाचित अध्यक्ष चौधरीले  श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णयको पत्र  पठाइएको जानकारी दिए । उनका अनुसार हिजोको बैठकले दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ ।

बिज्ञापन