अर्थ

बढ्यो राजस्व संकलन, पुसमा मात्र १ खर्ब ३४ अर्ब उठ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले पुस महिनामा मात्रै १ खर्ब ३४ अर्ब २३ रूपैयाँ राजस्व संकलन गरेको छ ।

पुसमा १ खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलनको लक्ष्य लिइएको थियो । योसँगै चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा सरकारले ५ खर्ब १५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गरेको अर्थमन्त्रालय राजस्व महाशाखाका प्रमुख रितेश शाक्यले बताए ।

बिज्ञापन

चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य थियो । भन्सार महशुलतर्फ २ अर्ब २० अर्ब राजस्व संकलन भएको छ भने आन्तरिक तर्फ २ खर्ब ४३ अर्ब ३५ करोड रूपैयाँ उठेको छ । गैरकरतर्फ भने ५२ अर्ब ९४ करोड रूपैयाँ संकलन भएको शाक्यले बताए ।

गत वर्ष सरकारले पुससम्म (६ महिना) ४ खर्ब ८३ अर्ब ७६ करोड रूपैयाँ राजस्व उठाएको थियो । सरकारले चालू आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । सरकारले लक्ष्यको तुलनामा ७४ प्रतिशत राजस्व संकलन गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।