घटना समाचारराष्ट्रिय समाचार

दार्चुला देखी कंचनपुर आउदै गरेको बस दुर्घटना १५ घाइते

बिज्ञापन

काठमाडौँ ।सुदुरपश्चिम् प्रदेशको दार्चुलाबाट सुदुर पश्चिम् कै कंचनपुर जिल्ला महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बिज्ञापन

दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँ
शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दुर्घटना भएको हो।

उक्त दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले संचार माध्यम लाई जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ भने ति मध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।

‘बस सडकबाट करिब २० किलोमिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको अझै खोजी भइरहेको छ ।’ दुर्घटनामा घाइते भएकाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्रोत सभ्य खबर बाट

बिज्ञापन