राष्ट्रिय समाचार

टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा, २४९ जना प्रतिवादी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ माघ, काठमाडौं । कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।
यो मसुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो

टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो
अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो ।
यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् ।

बिज्ञापन

https://drive.google.com/file/d/1xJSnM62mzHhihVys4whN4XD91l3YNeQ-/view

स्रोत:अन्लाईन खबर

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।