घटनाराष्ट्रिय समाचार

दार्चुला देखी कंचनपुर आउदै गरेको बस दुर्घटना १५ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ ।सुदुरपश्चिम् प्रदेशको दार्चुलाबाट सुदुर पश्चिम् कै कंचनपुर जिल्ला महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँ
शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दुर्घटना भएको हो।

बिज्ञापन

उक्त दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले संचार माध्यम लाई जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ भने ति मध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।

‘बस सडकबाट करिब २० किलोमिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको अझै खोजी भइरहेको छ ।’ दुर्घटनामा घाइते भएकाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्रोत सभ्य खबर बाट

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।