खेलकुद

नेपाल १३२ रनमा अलआउट, इरास्मसले लिए पाँच विकेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा समेटियो ।

बिज्ञापन

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।

पहिलो ओभरको पहिलो बलमा विकेट गुमाएको नेपालले इनिङ भर नै लामो साझेदारी गर्न सकेनन् । नामिबियाको बलिङसामु नेपालका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । ८ ओभर १ बल बलिङ गरेको एरास्मसले २८ रन खर्चेर सर्वाधिक ५ विकेट लिन सफल भए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।