राष्ट्रिय समाचार

गायिका शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलद्वारा मुद्दा दायर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चर्चित लाइभ दोहोरी प्लेटफर्म ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । ‘इन्द्रेणी’बाट निकालिएको भनी आरोप लगाउने शर्मिला सहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

‘इन्द्रेणी’मा काम गर्ने शर्मिलासहित ६ जना कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए । यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले आफ्रमाथि ‘यौन दुर्व्यवहार’समेत गरेको गम्भीर आरोप लगाएकी थिइन् ।

बिज्ञापन

यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन समेत गरेका थिए । कसैलाई श्रम शोषण र नराम्रो व्यवहार नगरेको कँडेलको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।