ललितपुरमा विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौ, ६ फाल्गुन । शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहका एक–एक वटा विद्यालयहरुले भाग लिएका थिए भने हजारौं विद्यार्थीले अवलोकन गरेका थिए ।
ललितपुरका शिक्षा विकास तथा समन्वय इकाई निम प्रकाश सिंह राठौरका अनुसार कार्यक्रमले ६ वटा स्थानीय तहहरु विचको प्रतिस्पर्धात्मक भावनाको वितरणसंगै विज्ञानको सिकाइलाई अगाडि बढाउनु साथ दिइएको थियो । प्रदर्शनीमा बागमती गाउ“ पालिकाको सारदा शिक्षा सदन माध्यमिक विद्यालयले रक्त संचार सम्बन्धि, महांकालको बाग भैरव माध्यमिक विद्यालयले हाइववे सम्बन्धि ,कुन्जेसोमको गाउ“ पालिकाको गुप्तेश्वर माध्यमिक विद्यालयले भुकम्प प्रतिरोधि घर सम्बन्धि, महालक्ष्मी नगरपालिका वेस्ट विङ माध्यमिक विद्यालयले सौर्य उर्जा र ललितपुर महानगर पालिकाको श्रमिक शान्ति विद्यालयले पोलिनेसनको बारेमा आ–आफ्नो योजना प्रस्तुत गरेका थिए । निर्णायक समितिका संयोजक तथा बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीका अनुसार उक्त प्रतिस्पर्धाबाट महालक्ष्मी महानगर पालिकाको वेस्ट विङ प्रथम भएको छ।

यसैगरी गोदावरी नगरपालिकाको वाणिविलास माध्यमिक विद्यालय दोस्रो ,ललितपुर महानगर पालिकाको श्रमिक शान्ति तेस्रो र
कुन्जेसोमको गाउ“ पालिकाको गुप्तेश्वर माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ ।


यस्ता कार्यक्रमले बालबालिकाले अनुभवमा आधारित सिकाइ पाउनुका साथै प्रस्तुति कारणमा फाइदा पुग्ने
निम प्रकाश सिंह राठौरले जानकारी दिनुभयो । प्रथम हुने वेस्ट विङ विद्यालयले वाग्मती प्रदेशमा स्तरमा सहभागी जनाउने छ ।
उत्कृष्ट विद्यालयलाई पुरुषकार वितरण गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषि देव फुयालले विद्यार्थीका क्षमताले सम्मान पाएको र विद्यालयले यस्तो बैज्ञानिक सिकाइमा लाग्नुपर्ने बताउनु भयो । आफु पुर्व शिक्षक रहेको स्मरण गराउदै कक्षाकोठामा बैज्ञानिक ढंगले सिकाउनसके यस क्षेत्रको उन्नति हुने बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.