टीकापुर

टीकापुर जग्गा हिनामिना प्रकरण: सिआइबीले थप अनुसन्धान गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लेसमेत थप अनुसन्धान अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्‍दा दायर गरेका बेला प्रहरीले समेत थप अनुसन्धान गर्ने भएको हो।

कागजपत्र किर्ते बनाइएको घटना सम्बन्धी अनुसन्धानका लागि अख्तियारबाट पत्र आएको छ। लिखत किर्तेसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेका हो। जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्‍टै अनुसन्धान अघि बढाएको छ। यससम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो।गत २५ माघमा अख्तियारले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्‍दा दायर गरेको थियो। टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ। टीकापुर नगर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ। तिनै नक्कली कागजपत्रमाथि प्रहरीले थप छानबिन थालेको हो। अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्‍दा दायर गरेको छ। २०६६ देखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको हो।

बिज्ञापन

नगर विकासका कागजात राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा नमुना मिसिलसँग नभिडेको पुष्टि भएपछि समितिको घडेरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेषका नाममा वितरण गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। आयोगले मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाएको छ। मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय, टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको हो। प्रहरीले पनि पदाधिकारी, कर्मचारी र जग्गाधनी सबैमाथि अनुसन्धान गर्ने भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।