राष्ट्रिय समाचार

सुन प्रकरण जाँचबुझ आयोगको म्याद थप गर्न सिफारिस

बिज्ञापन

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फेरि थप गर्न सिफारिस गरिएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको जानकारी दिए ।

बिज्ञापन

सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ ।

यहीबिचमा केन्द्रीय अनुसन्धान ब्युरोबाट थप प्रमाण र तथ्यहरू प्राप्त हुन आएको भन्दै समितिले सोको अध्ययन विश्लेषण गर्न र केही निकायहरूबाट विवरणहरू तथा जवाफ प्राप्त हुन बाँकी रहेकाले निर्धारित समय फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने देखिएको आचार्यले बताए ।

यसर्थ यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन गर्न गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् समक्ष अनुरोध गरिएको उनको भनाइ छ ।

अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन