प्रवास

मुम्बईमा काम गर्ने नेपाली सुरक्षागार्ड द्वारा आफ्नै महिला साथीको हत्या

बिज्ञापन

मुम्बई, ५ बैशाख । मुम्बईमा काम गर्ने नेपाली सुरक्षागार्ड द्वारा आफ्नै महिला साथीको हत्या गरेका छन् ।

बिज्ञापन

टाईम्स अफ ईण्डियाका अनुसार मुम्बईको काँदिवली क्षेत्रमा काम गर्ने एकजना नेपाली सुरक्षाकर्मीले रिस आवेगमा आएर आफ्नै निवासमा आएकी महिला साथीको टाउको भि त्तामा बजारेर हत्या गरेका छन् ।

अहिले ती सुरक्षाकर्मीलाई मुम्बई प्रहरीले आफ्नो हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको बुझिएको छ । उक्त घटनाको बिल्डिङमा जडान गरेको सि.सि. फूटेज क्यमराबाट पनि प्रष्ट हेर्न सकिन्छ । फुटेजमा सुरक्षा कर्मी र महिला साथी बीच भना–भन भई झगडा भएपछि सुरक्षागार्डले महिलाको टाउको भित्तामा बजारेर हत्या गरेको देखिएको छ । पछि प्रहरीले पुछताछ गर्दा आफूले महिला साथीको हत्या गरेको कुरा स्वीकार गरेका छन् । उपचार गर्न लैजाने क्रममा मृतकको हस्पिटलमा मृत्यु भएको हो ।
३३ वर्षका डम्बर खड्का सुरक्षागार्ड कादिवलि (पूर्व) को एउटा हाउसिंग सोसाईटीमा काम गर्थे । उनले सोमबार मुम्बईको म्याजेष्ट्रट अदालतमा हामी बीचमा केहि कुराको बादविवाद भएपछि मैले रिसको झोकमा आएर महिला साथीको हत्या गरेको बयान दिएका छन् ।

मृतकको नाम हेम कुमार भाट रहेको छ भने उनी नेपालबाट ६ महिना पहिले मुम्बई आएकी थिईन । उनी काँदीवली कै बिरामी हेरचाह गर्ने एक संस्थामा काम गर्थिन । उनी काम गर्ने संस्था खड्का बस्ने ठाउँभन्दा टाढा छैन् । खड्का को नेपाल घर उल्लेख नभएपनि मृतकको नागरिकताको आधारमा कहाँ हो भनेर खुल्न सकेको छैन । जन्म जिल्ला उदयपुरको गढी-७ उदयपुर रहेको छ भने स्थाइ ठेगाना त्रिपुरा सुन्दरी -३ रहेको र नागरिकतामा पतिको नाम मोतीराम भाट्ट उल्लेख छ।

बिज्ञापन