सुदूरपश्चिम प्रदेश

पलियामा लागुऔषधसहित दुई नेपाली पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 २०८१ वैशाख ११, ०४:५५ खबर संवाददाता

धनगढीः भारतको पलियाबाट लागुऔषधसहित दुई नेपाली पक्राउ परेका छन्।

बिज्ञापन

तीन सय ९० ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन्। पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो। प्रहरीले सोमवार राति उनीहरूलाई ३९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ।

प्रहरीले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।