घटना समाचार

कतार जान टिकट लिइसकेका युवक जनकपुरको होटलमा मृत फेला

बिज्ञापन

जनकपुरधाम । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

बिज्ञापन

धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे ‌। उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।

मृतकका नातामा दाई पर्ने राकेश यादवले घटना शंकास्पद गरेको बताए । उनले भने, ‘झुण्डिएको कोठा खुल्ला छ । सही सत्य के हो? होटलको सीसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

उनका अनुसार मित अविवाहित छन् । कतारबाट एक महिना अगाडि मात्रै विदामा आएका थिए । अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट समेत लिइसकेका थिए ।

होटल छाडेर भागेका संचालक (नाम खुल्न नसकेको)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अहिले भर्खर मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि पठाएर आएका छौं । मृतकका आफन्तसंग बुझ्न बाँकी छ ।’

बिज्ञापन