स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा शिवपुरीधामको सरसफाई

बिज्ञापन

धनगढी, १५ बैशाख । सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा शिवपुरीधामको सरसफाई गरिएको छ ।

बिज्ञापन

‘प्रदुषण भित्र होस या बाहिर दुबै हानिकारक हुन्छ’ भन्ने निरंकारी बाबा हरदेव सिंह जी महाराजको वाणीलाई आत्मसात गर्र्दै सन्त निरंकारी सत्संग भवन धनगढीको सेवादल युनिट १९९७ का सेवादल लगायत स्थानीय सन्त–महापुरुषहरुले उत्साहका साथ गत फागुन २ गतेदेखि ८ गतेसम्म सञ्चालन भइरहेको महायज्ञको अवसर पारेर सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी तथा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा रहेको पवित्र स्थल शिवपुरीधाम परिसरको पवित्र स्थलमा सरसफाई सम्पन्न गरेको छ ।

महायज्ञ संचालन हुनु पूर्व त्यस ठाउँमा ट्वाईलेटमा फिनेल हालेर सबै ट्वईलेटको सरसफाई गरिएको थियो भने परिसरभित्र विभिन्न झारपात फैलिएर महायज्ञ गर्न असुविधा भइरहेको थियो, सन्तहरुले सबै झारपातलाई एक ठाउँमा बटुलेर परिसरको सरसफाई गरेका थिए । त्यस्तै पिउने पानी रहेको स्थललाई पनि सरसफाई गरिएको थियो ।

स्मरण रहोस कि सन्त निरंकारी मिशनले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्म दिनको अवसर पारेर २३ फेब्रुवरी अर्थात त्यसको अगाडि–पछाडि देश अनुसारको सुविधालाई ध्यानमा राख्दै विश्वभरि विभिन्न नदी–नाला, खानेपानी, सार्वजनिक स्थल आदिलाई सरसफाई गरेर मनाउने गर्दछ ।

बिज्ञापन