अवर्गीकृत

एमालेको धनगढी नगर अधिवेशन २७ र २८ बैशाखमा हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


धनगढी । नेकपा एमालेको धनगढी नगर अधिवेशन अगामी बैशाख २७ र २८ गते हुने भएको छ । सोमबार बसेको नगर कमिटिको आठौँ पूर्ण बैठकले दोस्रो नगर अधिवेशन २७ र २८ बैशाखमा गर्ने निर्णय गरेको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

उनकाअनुसार नगर अधिवेशनका लागि २१ बैशाखमा एकैदिन १९ वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय समेत भएको छ । अधिवेशनको उद्घाटनका लागि एमालेका केन्द्र अध्यक्ष तथा पदाधिकारीलाई अनुरोध गरिनेछ । अधिवेशनका लागि पार्टीकी केन्द्रीय सदस्य सन्तोश शर्मा थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल समेत बनाइएको छ ।

बिज्ञापन

अध्यक्ष मण्डलको सदस्यमा नेताहरु नेपालु चौधरी, राजेशकुमार खाती, सत्यराज स्नेही र लोकेन्द्र शाहीलाई राखिएको अध्यक्ष जोशीले बताए । यस्तै अधिवक्ता प्रेमबहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत बनाइएको छ । निर्वाचन मण्डलको सदस्यमा नन्दलाल जोशी र शान्ति पाल रहेका छन् ।

नगर अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य सन्तोश शर्मा थापाको प्रमुख आतिथि थिइन् भने प्रदेश सचिव रणबहादुर चन्द, जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्रबहादुर शाही लगायतका नेताहरु समेत अथितिका रुपममा सहभागी थिए ।
नगर अधिवेशनलाई सम्पन्न गर्न दुई समिति र ५ वटा उपसमिति बनाइएको छ । रामचन्द्र जोशीको संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन समिति, जगदीश चौधरीको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिति गठन गरिएको छ ।

यस्तै प्रेमबहादुर महराको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, रेखावती सिवाकोटीको संयोजकत्वमा मञ्च व्यवस्थापन, भिमबहादुर ढाटको संयोजकत्वमा स्वयंम सेवक परिचालन, कृष्णप्रसाद जोशीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति र बिराज रोस्याराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको नगर अध्यक्ष जोशीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।