आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन मोतीपुरमा रक्तदान शिविर सम्पन्न

बिज्ञापन

लक्की, १७ बैशाख । सन्त निरंकारी सत्संग भवन मोतीपुरमा रक्तदान शिविर सम्पन्न भएको छ ।

बिज्ञापन


१५ बैशाखका दिन मानव एकता दिवसको अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने बाबा हरदेव सिंह जी महाराजको पवित्र बाणीलाई आत्मसाथ गर्दै लम्की स्थित मोतीपुरमा रहेको सन्त निरंकारी सत्संग भवनमा रक्तदान शिविरको आयोजना गरिएको थियो ।


रक्तदान शिविरको उद्घाटन लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख शुसीला शाहीले आफ्नो अति व्यवस्ताको वावजूद पनि समय निकालेर कार्यक्रममा पुगेर उद्घाटन गरिदिनु भएकोमा स्थानीय सन्त तथा भवनका मुखी खुशी भएका थिए । रक्तदान शिविरको आयोजना प्रत्येक वर्ष मानव एकता दिवसको अवसरमा गर्दै आएको सन्त कृष्णराज रेग्मी बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी दुईटै श्रीमान–श्रीमतीको रगत ग्रुप निकै दुर्लव भएकोले हामीलाई बार–बार अनेक ठाउँ लगाएत धनगढीको सेती हस्पिटलबाट पनि फोन आउने भएकोले आफूहरुले धेरै पटक रगत दान गरिसकेको बताउनु भयो ।


रक्तदान शिविरमा २३ महिला र २२ पुरुष गरि जम्मा ४५ जनाले ४५ प्वईन्ट रगत संकलन गरेका थिए । रक्तदान कार्यक्रम पछि सप्ताहिक सत्संगको कार्यक्रम आरम्भ गरिएको थियो ।


उक्त अवसरमा महात्मा नवल सिंह बोहराले सत्गुरुको वचन अमूल्य हुने गर्दछन् । त्यसको हामीले जतन गरेर राख्नु पर्छ र सधैं त्यसंै अनुसार आफ्नो जीवनलाई अगाडि डो¥याउनु पर्दछ । जब हामी सत्गुरुको बचनलाई आफ्नो जीवनमा लागु गर्ने छौ तब हामी सुखमय जीवन व्यतित गर्न थाल्ने छौ । हामीले जीवनमा प्रेम, नम्रता, सद्भाव, सहनशीलता जस्ता गुणहरुलाई अपनाएर अरुलाई पनि शितलता प्रदान गर्नु पर्छ, जसबाट हाम्रो जीवन आनन्दित हुन जान्छ, उहाँले बताउनु भयो ।


अन्तमा उहाँले सत्गुरु माता जीले सबैको जीवनमा आनन्द आउन सकोस र सबै सुख–शान्ति पूर्वक आफ्नो जीवन व्यतित गर्न सकुन भनि कामना गर्नु भयो । सत्संगमा सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।

बिज्ञापन