घटना

डडेल्धुरामा श्रीमतीमाथि बन्चरो प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुराः डडेल्धुरामा एक महिला श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी छन्।

जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्। मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको खुलेको छ। घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए।

बिज्ञापन

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी पुगाइएको छ। अहिले उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले उनको अवस्था गम्भीर रहेको बताए। कर्णबहादुरलाई भने मंगलबार नै नियन्त्रण लिइसकेको उनले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।