टीकापुर

कालीका सेवा समितिद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३ जेठ । कालीका सेवा समितिद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

अछाम मंगलसैन–१० जुपु बस्ने स्व. पदम सिंह रावल र आमा मानदेवी रावलका कान्छा छोराको रुपमा २००५ साल जेष्ठ २७ गते जन्मभई २०८१ बैशाख २२ गते काठमाडौंको बानेश्वरमा रहेको आफ्नै निवासमा ब्रम्हलिन भएका कालीका सेवा समिति टीकापुरका आजीवन सदस्य एवं समाज सेवी केशर बहादुर रावलको १३औं दिनको श्रद्धाञ्जली कार्यक्रम कालीका सेवा समितिको आयोजनामा समितिको सभा कक्षमा समितिका अध्यक्ष हर्क बहादुर रावलको अध्यक्षतामा समितिका सम्पूर्ण आजीवन सदस्य तथा निकटत्म टीकापुर निवासी परिवारजन लागएत अन्य शुभचिन्तकहरुको सहभागिता सम्पन्न भएको छ ।

बिज्ञापन

श्रद्धाञ्जली कार्यक्रममा दिवांगत आत्माको चिर शान्तिको लागि एक मिनेट मौनधारण पछि समाज सेवी बल बहादुर रावल, पवन देवी रावल, महादेव भण्डारी लगाएतका वक्ताहरुले उहाँले पु¥याउनु भएको योगदानमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको अन्तमा समाजसेवी, कालीका सेवा समितिका पूर्व अध्यक्ष तथा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले ब्रम्हलिन केशर बहादुर रावलको बाल्यकालदेखि अध्ययनको शिलशिलामा भारतको मुम्बईमा रहदाको अवस्थालाई स्मरण गराउँदै मृतकसंगको अतिनिकटत्म सहपाठीको रुपमा वितेका छणहरुको स्मरण गर्दै आफ्नो र संस्थाको तर्फबाट श्रद्धाञ्जली अपर्ण गर्नुको साथै शोकाकुल परिवारजनप्रति धैर्यधारणका लागि परमात्मासंग प्रार्थना गर्नुभयो । कार्यक्रम कालीका सेवा समितिका उपाध्यक्ष रेमन्त रावलले संचालन गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।