टीकापुर

टीकापुर नगरपालिकाले पाँच करोड महसुल तिर्न बाँकी, विद्युत् लाइन काटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर : कैलालीको टीकापुर नगरपालिकाको विद्युत् लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरणले नगरपालिका कार्यालयको विद्युत लाइन काटिदिएको हो।

नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहिवार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको छ। नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्न बाँकी रहेको छ। कार्यालयको लाइन काटिएपछि सेवाप्रवाहमा समस्या भएको छ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशीले आर्थिक वर्ष २०७१÷७२ सालदेखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि तिर्ने सुरसार नभएकाले लाइन काटिएको बताए। लाइन काटिएपछि ब्याट्रि ब्याकअपबाट मात्रै कार्यालय चलेको छ। टीकापुर नगरपालिकका प्रमुख रामलाल डगौरा थारूले पाँच करोड रुपियाँ तिर्नु पर्ने पत्र आएपछि के गर्ने भनेर कार्यपालिकामा छलफल चलेको बताए।

विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्र मिटर नजोडिएका सडक बत्ती र चुहावटको रकम नगरपालिकाका नाममा हाल्दै आएको छ। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका इश्वर जोशीले महसुल बक्यौता बुझाउन बाँकी रहेका सबै ग्राहकको लाइन काटन आदेश आएको र मतलब नगर्ने ग्राहकको लाइन काटिएको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।