कैलालीमा बजेट अभावले हुलाकी सडक स्तरोन्नतिको काम प्रभावित

धनगढीः कैलालीमा बजेट अभावले हुलाकी राजमार्ग स्तरोन्नतिको काम प्रभावित बन्न पुगेको छ।
यस वर्ष विनियोजित बजेट सकिएपछि आयोजना कार्यालयले सम्पन्न भएका कामको समेत भुक्तानी गर्न नसकेको हो। निर्माण कम्पनीहरूले भुक्तानीका लागि साढे २२ करोड रुपैयाँको बिल पेस गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्खबहादुर कठायतले बताए। यसअघि भएको कामको पनि भुक्तानी नपाएपछि निर्माण कम्पनीले कामलाई सुस्त बनाएको आयोजना कार्यालयले जनाएको छ।

यस वर्ष आएको ३८ करोड बजेट फागुन मसान्तमै सकिएपछि केन्द्रमा थप बजेटको माग गरिएको छ। एउटै कम्पनीको साढे तीन करोडसम्म भुक्तानी रोकिएको छ। राजमार्गअन्तर्गत धनगढीदेखि टीकापुरको सत्तीसम्म सडक स्तरोन्नतिको काम भइरहेको छ। त्यस्तै, लम्कीदेखि सत्ती जोड्ने हुलाकी राजमार्गकै लिंक रोड कालोपत्रको काम जारी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
