महजोडीले मागेमाफी भने हामीबाट त्रुटि भयो

अदालतमा विचाराधीन रहेको विषयमा बोलेर त्रुटि भएको भन्दै “महजोडी नामले परिचीत वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् ।
उनले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै अदालतमा विचाराधीन रहेको बिषयमा हामी नबोलेको भए नि हुन्थ्यो, यो हामीबाट त्रुटि भयो। भन्दै अगाडि थपेका छ्न यत्रो वर्ष सम्झेर हामीलाई माया गरिदिनु भयो। यो पटक पनि यो सबै कुरा बिर्सिदिएर हामीलाई माफ गरिदिन अनुरोध गर्दछौँ।”।
भनेका छ्न।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्षपोषण गर्दै दिएको अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको बौछार भएपछि उनीहरूले माफी सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हुन् । थप स्पस्ट पार्दै भनेका छ्न ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ ।
त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस गरेका छौ श्रेष्ठले भने यहाँ हरुले हाम्रो त्रुटि लाई बिर्सेर पहिला जस्तै माया गरिदिनु होला ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
