अर्थ

सुनको मूल्य तोलामा १७ सयले बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ,  जेठ १८ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । 

लोक कल्याणकारी विज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

लोक कल्याणकारी विज्ञापन

तेजाबी सुन बिहीबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

बिज्ञापन

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।  रासस

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन