नेपालगन्जका विद्यालय असार ७ गतेसम्म बन्द

नेपालगन्ज, जेठ १८ गते। नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।
गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको नेपालगन्ज उपमहानगरले जनाएको छ।

विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो।
उहाँले गर्मी घट्नुको सट्टा झन बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको बताउनुभयो।
चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई प्रर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
