ग्यास सिलिण्डर पड्किएर कैलालीको एक घरमा आगलागी
लोक कल्याणकारी विज्ञापन

धनगढीः ग्यास सिलिण्डर पड्किएर कैलालीको एक घरमा आगलागी भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–३ का वीरबहादुर थापाको घरमा आज बिहान ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो। बिहान खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको कैलाली प्रहरीले जनाएको छ।
बिज्ञापन

आगलागीबाट घरसहित घरभित्रका लुगाकपडा, अन्नपात जली अन्दाजी ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
