घटना

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्।

प्रहरीले बालुवाटार क्षेत्रबाट थापालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बिज्ञापन

उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो। पक्राउ पुर्जी जारी भए पनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

उनीविरूद्ध ठगी, अपराधिक विश्वासघात, एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो।

फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आर्थिक नोक्सानी पुर्‍याएको भन्दै गत साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।