घटना

ट्र्याक्टर दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टरमा जन्ती गइरहेका खबरमा उल्लेख छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको ज्यान गएको हो ।

बिज्ञापन

दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको जिल्ला अस्पताल राजगढ र केहीको भोपालमा उपचार भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।