अवर्गीकृत

कैलालीको टीकापुरका गाउँगाउँमा एकीकृत जनस्वास्थ्य अभियान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ।

पालिकाले १० दिनसम्म हरेक वडामा बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन थालेको छ। पालिकाले शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सकको सेवा, ल्याब परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरेको छ। यसका साथै क्षयरोग परीक्षण, आँखाको उपचार दिन थालिएको छ।

बिज्ञापन

शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए।

नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिको घरदैलोसम्म उपचार सेवा पुर्‍याउने लक्ष्य लिइएको छ’, उनले भने, ‘पहिलो दिन आइतबार ३०१ जनाको उपचार गरिएको छ। वडा नम्बर २ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नसा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन्।

थारु समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि ल्याव सुविधा गाउँ गाउँमा लगिएको र शंका लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ।

यसका साथै क्षयरोगीको खोजीका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ।

पालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।