हुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु

नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।
थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो ।

वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
