राष्ट्रिय समाचार

शनिबार हुने मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड जाने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।

भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका रास्ट्रपती, बङ्गलादेशका तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्ने उल्लेख गरेका छन् ।

बिज्ञापन

सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए ।

त्यही बेलाबाट भारतको छिमेक पहिलो अर्थात् ‘नेबरहुड फर्स्ट’ विदेश नीति चर्चा गरिएको थियो । दशकपछि यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।

मोदीको शपथ शनिबार हुँदैछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।