राजनीति

बालेन लक्षित ओलीको कटाक्ष- भैँसीको ढाडमा बसेको झिंगो चार लात हानें भनेर दंग छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए।

बिज्ञापन

उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’

बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए।

उनले बजेटलाई राम्रो बनाउनुपर्छ भनेर आफूले कुरा राखेको भए पनि केही असन्तुष्ट रहेको प्रष्ट पारे । सत्ता समीकरणलाई भत्काउने प्रयास भइरहेपनि अहिले त्यो सम्भावना नरहेको दाबी गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।