दाङमा सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

जेठ । दाङमा नेपाली सेनाका अमल्दारले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको हत्यापछि उनी फरार भएका बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
