राष्ट्रिय समाचार

विदेश पठाउने भन्दै ३ सयभन्दा बढीबाट १५ करोड ठग्ने गिरोह पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनको भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्तलाई पक्राउ गरेको हो ।

उनीहरूले ३/४ वर्षदेखि ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जन भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका हुन् ।

पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए ।

उक्त जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खातामा कारोबार गराएर ठगी गर्दै आएका थिए ।

यति मात्रै नभएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नवीन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दर्खास्त परेको थियो भने विकास राणा समेतको जाहेरीमा वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकेर अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले पनि ठगी सम्बन्धी कसुरमा जाहेरी गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।