खेलकुद

एक हप्ता अगाडि नै क्यानडा गएका थिए सन्दीप, तर फेसबुकमा राखेका थिए मनकामना दर्शनको फोटो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् ।

यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दीर डुल्दै मन बहलाइरहेका छन् ।

बिज्ञापन

यथार्थमा सन्दीप क्यानडा पुगिसकेका थिए । क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको बताएका छन् ।

उनले भने, ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दको भनाइ छ ।

‘हिजोजस्तो स्थिति नहोस भनेर हामीले सचेतता अपनाएका हौं,’ उनले भने ।

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । चन्दका अनुसार नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको उनले बताए ।

चन्दले भने, ‘उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल हुनुभयो ।’

यति मिहिनेत गर्नुभएको रहेछ, तर फेसबुकमा सात पुस्तालाई पुग्ने गाली खानुभयो नि भन्ने प्रश्नमा चतुरले भनेका छन्, ‘सबका भला हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।